मंगलबार, वैशाख १६, २०८२

उच्च पहाडी र हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको

नेपालखोज २०७६ फागुन २४ गते १२:१८

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु एवं स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । शनिबार आज देशका उच्च पहाडी र हिमाली भू–भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातका सम्भावना रहेको छ ।

अन्य स्थानहरुमा मेघगर्जन चट्याङ, हावाहुरी, असिना सहित वर्षाको सम्भावना छ । वर्षाका कारण चीसो बढेको छ ।

देशको पश्चिमी भू–भाग लगायत मध्य तथा पुर्वी पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली र बाँकि भू–भागमा आंशिक बदलि रहनेछ ।

देशको पश्चिमी भु-भागका थोरै स्थानहरुमा साथै मध्य तथा पुर्वी पहाडी भु–भागका एकरदुई स्थानमा मेघ गर्जनरचट्याङर सहित वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया