आइतबार, वैशाख २८, २०८२

‘यूएनसीसीडी’ मा सद्‌गुरु- माटो कुनै सामग्री होइन, बरु हाम्रो जीवनको स्रोत हो

नेपालखोज २०७९ वैशाख १३ गते १८:३९


काठमाडौं । विश्वभरको माटोलाई विनाश हुनबाट जोगाउने उद्देश्यसहित माटो जोगाऔं अभियानअन्तर्गत सुरु गरिएको १०० दिने यात्राको क्रममा, सद्गुरुले यूएनसीसीडीका कार्यकारी सचिव इब्राहिम थिएयुसँग भेटघाट गरेका छन् । भेटमा दुवैले अनमोल स्रोतलाई जोगाउन र यसको विनाशलाई उल्टाउनको लागि सबैजना एकजुट हुनुपर्नेमा जोड दिए ।

सद्गुरुले माटो महत्त्वपूर्ण कुरा भएको बताए । उनले उल्लेख गरे, ‘सबैभन्दा पहिलो पाइला यो हो- हामीले यो कुरा महसुस गर्नु पर्छ कि हामीलाई हरेक दिन आवश्यक पर्ने सबैथोक माटोबाटै आउँछन्, अनि सचेतन भई गरिने कार्यहरूले ठूलो भिन्नता ल्याउँछन् । थुप्रै सरकारहरूले अझैपनि माटोलाई निर्जीव वस्तु जसरी व्यवहार गर्छन् अनि केही रासायनिक पदार्थहरू थपघट गरी यसलाई व्यवस्थापन गर्न सकिन्छ भन्ने ठान्दछन् । सर्वप्रथम, हाम्रो चेतनामा यो कुरा रहनुपर्छ कि माटो कुनै सामग्री वा वस्तु होइन, यो हाम्रो जीवनको स्रोत हो ।’

सद्गुरु र इब्राहिम थिएयु यसमा सहमत भएँ कि अहिले हामीले सामना गरिरहेका जलवायु परिवर्तन, जैविक-विविधतामा क्षति अनि पर्यावरणीय प्रणालीको विनाशलगायत वातावरणसम्बन्धी प्रमुख चुनौतीहरूको सरल र शक्तिशाली समाधान भनेको जमिन र माटोलाई पहिल्यैको अवस्थामा फर्काउनु हो । जागरूक धरतीःमाटो जोगाऔं विश्वव्यापी अभियान हो, जसले हाम्रो माटो र धरती जोगाउनको लागि जागरूक दृष्टिकोणसहित काम गर्न प्रोत्साहन गर्दछ । सर्वप्रथम, यो हरेक नागरिकको अभियान हो । यस अभियानले विश्वभरिबाट ३.५ अर्ब मानिसहरू (विश्वभरिका ६० प्रतिशत मतदाताहरू) को समर्थन जुटाउने अनि माटोलाई पुनः जीवन्त पार्न र माटोको विनाश रोक्नको लागि नीतिगत कार्यहरू शुरु गर्न विश्वभरिका सरकारहरूलाई सघाउने उद्देश्य लिएको छ । विश्वका नेतृत्वकर्ताहरू, प्रभावशाली व्यक्तिहरू, कलाकारहरू, विज्ञहरू, किसानहरू, आध्यात्मिक गुरुहरू, गैर सरकारी संस्थाहरू अनि नागरिकहरूले अभियानको समर्थनमा आवाज उठाइरहेका छन्, ताकि मानवजाति र माटोबिच रहेको सम्बन्धलाई पुनः स्थापित गर्न सकियोस् ।

प्रतिक्रिया