आइतबार, पुष ६, २०८२

तरलताको अभावले अर्थतन्त्र शिथिल : अध्यक्ष मल्ल

नेपालखोज २०७९ वैशाख १३ गते २१:४८

काठमाडौं । नेपाल चेम्वर अफ कमर्स तथा आइएमएफका प्रतिनिधिबिच चेम्वरमा भेटवार्ता भएको छ । भेटका क्रममा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले मुलुकमा तरलताको अभावले अर्थतन्त्रमा शिथिलता देखिएको र व्याजदरमा भएको वृद्धिले लगानीको वातावरणमा ह्रास आएको उल्लेख गर्दै नेपालको वैदेशिक व्यापारमा बढदै गइ रहेको व्यापार घाटालाई न्युन गर्न विकास साझेदार संस्थाहरुले उर्जा, पर्यटन तथा कृषि क्षेत्रलाई प्राथमिकता दिनु पर्ने बताए ।

आइएमएफका एशिया प्यासिफिक बिभागका प्रमूख रवर्ट ग्रेगोरीको नेतृत्वमा नेपाल आएको प्रतिनिधि मण्डल र चेम्वर अफ कमर्सका पदाधिकारीहरु बीच आज भएको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष मल्लले कोभिड-१९को प्रकोपको सन्दर्भमा आइएमएफले प्रदान गरेको सहयोगको लागि धन्यवाद ज्ञापन गर्दै कृषिलाई प्राथिमिकता दिन फूड बैंकको व्यवस्था हुनुपर्ने र दोहोरो अंकको आर्थिक वृद्धिको लागि एकल अंकको व्याजदर हुनुपर्नेमा जोड दिए ।

साथै साना तथा मझौला उद्यमहरुलाई आइएमएफ जस्ता संस्थाहरुबाट सहयोग प्रदान हुनु पर्ने बताए । आइएमएफका मिसन चिफ रवर्ट ग्रेगोरीले नेपालमा ६ महिनाको लागि विदेशी मुद्राको भण्डार रहेकोले सन्तोषप्रद रहेको बताउँदै कोभिड नियन्त्रणको लागि गरिएको प्रयासको प्रशंसा गर्दै कोभिड प्रकोप पश्चातको नेपालको समग्र आर्थिक परिस्थिति तथा युक्रेनको विद्यमान परिस्थितिले व्यावसायिक क्षेत्रमा सृजना भएका विविध चुनौतिहरुवारे जिज्ञासा राखेका थिए ।

उक्त अवसरमा नेपाल चेम्वर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवाल, दीपक मल्होत्रा, दीपक श्रेष्ठ तथा सुरेन्द्र कुमार श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया