आइतबार, पुष ६, २०८२

नेपाल एसबिआई बैंक र सिटी एक्सप्रेस मनि ट्रान्सफरबीच रेमिटान्स सम्झौता

नेपालखोज २०७९ वैशाख १६ गते २०:१७

काठमाडौं । नेपाल एसबिआर्ई बैंक र सिटी एक्सप्रेस मनी ट्रान्सफरबिच रेमिटान्स सम्झौता भएको छ । एक कार्यक्रमकाबिच सिटी एक्सप्रेसका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डन र नेपाल एसबिआर्ईका प्रबन्ध निर्देशक तथा प्रमूखकार्यकारी अधिकृत दीपककूमार देको उपस्थितिमा, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत मोहम्मद रिजवान आलमले सो सम्झौतामा हस्ताक्षर गरेका हुुन् ।

सम्झौता अनुसार नेपाल एसबिआई बैंकको रेमिटान्स सिस्टम बाट आउने रकम सिटीएक्स प्रेस मनी ट्रान्सफरका १५ हजार भन्दा बढि सहायक प्रतिनिधिहरुमार्फत भुक्तानी हुने साथै सिटी एक्सप्रेसमार्फत आएको रेमिटेन्स नेपाल एसबिआर्र्ई बैंकको सम्पूर्ण शाखाहरुबाट भुक्तानी गर्ने सम्झौता भएको छ ।

सम्झौतामार्फत सम्पूर्ण देश तथा विदेशमा रहनुभएका ग्राहकवर्गहरुले सहज र सुलभ तरिकाले रेमिटान्स कारोबार गर्न सकिने बिश्वास बैंकले लिएको जानकारी दिएको छ ।

प्रतिक्रिया