मंगलबार, वैशाख १६, २०८२

मदनकृष्ण श्रेष्ठको स्वरमा रहेको ‘एउटा सपना छ’ गीत सार्वजनिक

नेपालखोज २०७९ वैशाख २० गते १७:२३

काठमाडाैं । वरिष्ठ हास्य कलाकार एवं गायक मदनकृष्ण श्रेष्ठको स्वरमा रहेको ‘एउटा सपना छ’ बोलको गीतको लेजेन्डरी भर्सन सार्वजनिक गरेका छन् । श्रेष्ठको ७२ औँ जन्मजयन्तीको अवसरमा बुधवार गीतको लेजेन्डरी भर्सन सार्वजनिक गरेका हुन् ।

गीतमा कलाकार श्रेष्ठ र अभिनेत्री आँचल शर्माको अभिनय रहेको छ । गीतमा आँचल मदनकृष्णकी नातिनीको भुमिकामा देखिएकी छन् । गीत बिरामीका कारण स्मरण शक्ति गुमाएका हजुरबुवालाई भेट्न गाउँ फर्किएकी नातिनी र हजुरबुवाको कथामा गीत समेटिएको छ । सराना श्रेष्ठको कथा र निर्देशनमा तयार भएको भिडियो हरि हुमागाँईले छायांकन र सम्पादन गरे। गीतकार तथा संगीतकार पुष्पन प्रधानले आफ्नो चर्चित गीत एउटा सपना छ को लेजेन्डरी भर्सन सार्वजनिक गरे । भिडियो हेरेपछि वरिष्ठ कलाकार श्रेष्ठले आफूलाई हास्य कलाकार भन्दा धेरै गायक भनेको मन पराउने बताए ।

त्यस्तै गीत हेरिसकेपछि हास्य कलाकार केदार घिमिरे (माग्ने बुढा) ले मदनकृष्ण श्रेष्ठले हसाउने मात्रै भनेको सुनेपनि गीत गाएर रुहाएको बताए । उनले श्रेष्ठको गीत भावुक बनाउने र मर्मस्पर्शी रहेको उल्लेख गरे।

त्यस्तै अभिनेत्री आँचल शर्माले भिडियो र गीत उत्कृष्ट रहेको बताए । उनले भिडियोको सम्पादन र कालिटी (गुणस्तर) पनि अत्यन्त उत्कृष्ट रहेको बताए । कार्यक्रममा उपस्थित कलाकारहरुले वरिष्ठ कलाकार तथा गायक श्रेष्ठलाई ७२ औँ जन्मजयन्तीको शुभकामना व्यक्त गरेका थिए ।

प्रतिक्रिया