भारतमा बढ्यो कोरोना संक्रमण, २४ घण्टामा थपिए ३,५४५ संक्रमित

दिल्ली । भारतमा पछिल्लो समय कोरोना भाइरस संक्रमण दर फेरि बढ्न थालेको छ । गत २४ घण्टामा थप तीन हजार ५४५ जनामा कोरोनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै भारतमा कोरोना संक्रमितको कुल संख्या चार करोड ३० लाख ९४ हजार ९३८ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
बिगत केही महिनायता न्यून बिन्दुमा पुगेको कोरोना भाइरस संक्रमण दर पुनः केही दिनयता बढेको छ। हाल दिल्लीमा पाँच हजार ७५६ सक्रिय सङ्क्रमित रहेका पनि थप जानकारी दिइएको छ ।
यसका साथै २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण थप २७ को मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेको कुल सङ्ख्या पाँच लाख २४ हजार २ पुगेको छ । भारतभरी अझै पनि सक्रिय सङ्क्रमित १९ हजार ६८८ रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ । भारतमा केही महिनायताबाट सक्रिय सङ्क्रमित घट्ने क्रम जारी रहेको थियो । तर केही हप्तायताबाट सक्रिय सङ्क्रमति बढेको पाइएको छ ।
त्यस्तै, गत चौबीस घण्टामा थप तीन हजार ५४९ जना कोरोना भाइरस संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् । यसैसँगै भारतमा कोरोना भाइरस संक्रमण मुक्त भइ डिस्चार्ज हुनेको कुल संख्या चार करोड २५ लाख ५१ हजार २५८ पुगेका छन् ।
प्रतिक्रिया