आइतबार, वैशाख १४, २०८२

कोरोनाको संक्रमण विश्वका ११९ देशमा, करिव ४३ सयको मृत्यु

नेपालखोज २०७६ फागुन २८ गते ८:२४

एजेन्सी । चीनको वुहान शहरबाट शुरु भएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण विश्वका ११९ देशमा फैलिसकेको छ ।

विश्वभरि नै सन्त्रासका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट अहिलेसम्म ४ हजार २ सय ९५ जनाको मृत्यु भइसकेको छ ।

भने कोरोना संक्रमितको संख्या १ लाख १९ हजार १ सय ७९ पुगेको छ । कोरोना संक्रमितमध्ये ६६ हजार ६ सय १७ जना बिरामी ठीक भएर घर फर्किएका छन् । ठीक भएर घर फर्कनेको संख्या चीनमा बढी रहेको विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

अन्य देशमा तीव्र रुपमा कोरोना फैलिए पनि चीनमा भने नियन्त्रणको क्रममा रहेको छ । चीनमा अहिले ८० हजार ७ सय ७८ जना संक्रमित छन् । जहाँ ६१ हजार ४ सय ८१ जना ठीक भएर घर फर्किएका चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

चीनमा कोरोनाका नयाँ बिरामी २४ जनामात्र फेला परेका छन् । कोरोना भाइरसकै संक्रमणबाट ज्यान गुमाउने चिनियाँको संख्या भने ३ हजार १ सय ५८ पुगेको छ ।

त्यस्तै इटालीमा संक्रमित १० हजार १ सय ४९ जना छन् । नयाँ संक्रमितको संख्या ९ सय ७७ पुगेको छ । त्यस्तै इटालीमा कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या ६ सय ३१ पुगेको छ ।

त्यस्तै इरानमा २ सय ९१, दक्षिण कोरियामा ६०, फ्रान्समा ३३, स्पेनमा ३६, अमेरिकामा ३० जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् ।

प्रतिक्रिया