मंगलबार, वैशाख २३, २०८२

ओलीको गृहनगरमा राप्रपाका रामकुमार थापाले बाजी मारे, उपमेयरमा कांग्रेसकी रेगिना भट्टराईको जित

नेपालखोज २०७९ जेठ ६ गते ११:५३

दमक । दमक नगरपालिकाको मेयरमा राप्रपाका रामकुमार थापाले विजयी हासिल गरेका छन् । थापाले एमालेकी गीताकुमारी पौडेल अधिकारीलाई पराजित गर्दै मेयर पदमा बाजी मारेका हुन् । विजय भएका थापाले १७ हजार ५२५ र पराजित पौडेलले १६ हजार ९६६ मत पाएको निर्वाचन आयोगले जनाएको छ ।

थापाले नेकपा एमालेका उम्मेदवार गीता कुमारी पौडेललाई ५५९ मत मत अन्तरले हराएका हुन् । यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार रेगिना भट्टराई विजयी भइन् । उनले १७ हजार ७२ मत पाउँदा नेकपा एमालेका उम्मेदवार अम्बिका प्रसाद खनालले १६ हजार ५७४ मत पाएका छन् ।

यसैबीच उपमेयरमा नेपाली कांग्रेसकी रेगिना भट्टराईले जित हासिल गरेकी छन् । उनले १७, ०७२ ल्याएर जित हासिल गरेकी हुन् । प्रतिस्पर्धी एमालेका अम्बिकाप्रसाद खनालले १६,५७४ मत ल्याएका छन् । दमक नगरपालिका एमाले अध्यक्ष ओलीको गृहनगर मानिन्छ । यस निर्वाचन क्षेत्रमा राप्रपा, कांग्रेसलगायतका दलहरूले गठबन्धन गरेका थिए । यस क्षेत्रमा को विजयी हुने होला भन्ने आमा चासो थियो ।

प्रतिक्रिया