मंगलबार, वैशाख २३, २०८२

रेणु ३९,४७२ Vs विजय ३०,६९०

नेपालखोज २०७९ जेठ ८ गते १९:४०

चितवन । भरतपुर महानगरपलिकाको मेयर पदमा माओवादी केन्द्रकी रेणु दाहालले मतान्तरण अझै बढाउँदै गएकी छन् । पछिल्लो मतपरिणामअनुसार रेणुले निकट्तम प्रतिस्पर्धी एमालेका विजय सुवेदीभन्दा ८,७८२ मतले अग्रता लिइरहेकी छन् ।

यो समाचार तयार पार्दासम्म रेणुले ३९,४७२ मत प्राप्त गरेकी छन् । उनलाई पछ्याइरहेका एमालेका विजय सुवेदीले ३०,६९० मत ल्याएका छन् । यस्तै स्वतन्त्र उम्मेद्वार जगन्नाथ पौडेलले १२,८१५ मत प्राप्त गरेका छन् ।

उपमेयरमा भने नेपाली कांग्रेसका चित्रसेन अधिकारी ४१,७१५ मतसहित अग्र स्थानमा छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीकी हिमला गुरुङले २४,२९५ मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया