पोखरा महानगर प्रमुखमा धनराज आचार्यकाे अग्रता कायमै, पछ्याउँदै कृष्णबहादुर थापा
नेपालखोज
२०७९ जेठ ९ गते ८:१३

कास्की । स्थानीय तह सदस्य निर्वाचन-२०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धन र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेद्वारले अग्रता लिएका छन् ।
निर्वाचन आयोगको पछिल्लो गणनाको नतिजाअनुसार गठबन्धनबाट मेयर (प्रमुख) पदका उम्मेद्वार नेकपा (एकीकृत समाजवादी) का धनराज आचार्यले ४७ हजार ९९२ मत प्राप्त गरेका छन् । त्यसैगरी एमालेका प्रमुख पदका उम्मेद्वार कृष्णबहादुर थापाले ४४ हजार १३९ मत प्राप्त गरेका छन् । गठबन्धनका आचार्यले तीन हजार ८५३ मतान्तरसहित अग्रता हासिल गरेका हुन् ।
उपप्रमुखमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङ ५० हजार २६० मतसहित अघि छन् भने गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेद्वार कोपिला रानाभाटले ४७ हजार ४७० मतसहित उनलाई पछ्याइरहेकी छन् ।
सम्बन्धित
प्रतिक्रिया