आईपीएलको प्लेअफ अन्तर्गत पहिलो खेल गुजरात र राजस्थानबीच हुने

काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपीएल)का समूहचरणका खेल सकिएका छन् । अब प्ले अफकाे खेल हुने छ । प्ले अफ अन्तर्गत पहिलो खेलमा मंगलबार गुजरात टाइटन्स र राजस्थान रोयल्स आमने सामने हुने छन् ।
प्लेअफमा गुजरात, राजस्थानसहित लखनऊ सुपर जायन्ट्स र रोयल च्यालेन्जर्स बैंग्लोरले स्थान पक्का गरेका छन् । गुजरात र राजस्थान क्रमश पहिलो र दोस्रो स्थानमा रहेकाले यो खेलमा विजयी हुने टिम सिधै फाइनलमा पुग्दा पराजित हुने टिमले फाइनल पुग्ने अर्को मौका पनि पाउने छ ।
यता लखनऊ र बैंग्लोरलाई फाइनल पुग्न अझैं दुई खेल जित्नुपर्ने छ । लखनऊ र बैंग्लोरबीचको विजेताले गुजरात र राजस्थानबीचको खेलमा पराजित भएको टिमसँग फाइनल प्रवेशका लागि खेल्नुपर्ने छ ।
गुजरातले जारी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । पहिलो क्वालीफायरमा गुजरातको प्रतिद्वन्द्वी राजस्थान रहेको छ । जारी सिजनमा राजस्थानविरुद्ध गुजरातले जित निकालेको थियो ।
प्रतिक्रिया