मंगलबार, वैशाख २३, २०८२

भरतपुरमा रेणुको मत ४३,६०६ पुग्यो, एमालेका विजयभन्दा ९,९०३ ले अघि

नेपालखोज २०७९ जेठ ९ गते १०:३४

चितवन । भरतपुर महानगरपलिकाको मेयर पदमा माओवादी केन्द्रकी रेणु दाहालले मतान्तरण अझै बढाउँदै गएकी छन् । पछिल्लो मतपरिणामअनुसार रेणुले निकट्तम प्रतिस्पर्धी एमालेका विजय सुवेदीभन्दा ९,९०३ मतले अग्रता लिइरहेकी छन् ।

यो समाचार तयार पार्दासम्म रेणुले ४३,६०६ मत प्राप्त गरेकी छन् । उनलाई पछ्याइरहेका एमालेका विजय सुवेदीले ३३,७०३ मत ल्याएका छन् । यस्तै स्वतन्त्र उम्मेद्वार जगन्नाथ पौडेलले १३,३५० मत प्राप्त गरेका छन् ।

उपमेयरमा भने नेपाली कांग्रेसका चित्रसेन अधिकारी ४४,९१८ मतसहित अग्र स्थानमा छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीकी हिमला गुरुङले २६,६८६ मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया