भरतपुरमा रेणुको मत ४४,३०५ पुग्यो, एमालेका विजयभन्दा १०,१२६ मतले अगाडि
नेपालखोज
२०७९ जेठ ९ गते ११:३०

चितवन । भरतपुर महानगरपलिकाको मेयर पदमा माओवादी केन्द्रकी रेणु दाहालले मतान्तरण अझै बढाउँदै गएकी छन् । पछिल्लो मतपरिणामअनुसार रेणुले निकट्तम प्रतिस्पर्धी एमालेका विजय सुवेदीभन्दा १०,१२६ मतले अग्रता लिइरहेकी छन् ।
यो समाचार तयार पार्दासम्म रेणुले ४४,३०५ मत प्राप्त गरेकी छन् । उनलाई पछ्याइरहेका एमालेका विजय सुवेदीले ३४,१७९ मत ल्याएका छन् । यस्तै स्वतन्त्र उम्मेद्वार जगन्नाथ पौडेलले १३,५१५ मत प्राप्त गरेका छन् ।
उपमेयरमा भने नेपाली कांग्रेसका चित्रसेन अधिकारी ४५,४६८ मतसहित अग्र स्थानमा छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीकी हिमला गुरुङले २७,०४६ मत प्राप्त गरेकी छन् ।
सम्बन्धित
प्रतिक्रिया