मंगलबार, वैशाख २३, २०८२

पोखरा महानगरको प्रमुखमा गठबन्धन र उपप्रमुखमा एमालेको अग्रता

नेपालखोज २०७९ जेठ ९ गते ११:४३

गण्डकी । स्थानीय तह सदस्य निर्वाचन-२०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धन र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएकाे छ ।

हालसम्म एक लाख २२ हजार २१९ मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले ४९ हजार २४१ मत प्राप्त गरेको छ । त्यसैगरी नेकपा एमालेका प्रमुख पदका उम्मेदवार कृष्णबहादुर थापाले ४५ हजार २६२ मत प्राप्त गरे । गठबन्धनका आचार्यले तीन हजार ९७९ मतान्तरसहित अग्रता हासिल गरेका हुन् ।

उपप्रमुखमा एमालेकी मञ्जुदेवी गुरुङ ५१ हजार ५८९ मतसहित अघि भएका छन् भने गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार कोपिला रानाभाटले ४८ हजार ४९२ मतसहित उनलाई पछ्याएकको छ ।

महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुग्दै गर्दा ३३ वडा रहेको पोखराका १८ वडामा नेपाली कांग्रेस विजयी भएको छ भने सात वडामा एमाले विजयी भएको छ । महानगरको वडा नं १७, १८, १९, २१, २२, ३१, ३२ र ३३ को मतगणना जारी छ ।-रासस

प्रतिक्रिया