मंगलबार, वैशाख १८, २०८१

देशभरै इन्धन अभाव, अधिकांश पेट्रोल पम्पमा गाडीको लाइन

नेपालखोज २०७९ जेठ ९ गते १३:३५

काठमाडौं । काठमाडौं उपत्यकास्थित धेरैजसो पम्पहरुले डिजेल/पेट्राल नभएको सूचना टाँसेपछि सोमबार दिनभरि हाहाकार भएको छ । केही पेट्रोल पम्प सूचना टाँसेर बन्द गरिएका छन् भने खुलेका पम्पहरुमा सोमबार दिनभरि ग्राहकको भीड देखिएको छ ।

सोमबार बिहानैदेखि देशैभरका पम्पहरुमा इन्धनको अभाव देखिएको पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनले जनाएको छ । पेट्रोल पम्पहरुमा लाइन लगाएर आयाल निगम नेतृत्वले सरकारलाई दबाव दिन चाहेको एशोसियसनका केही पदाधिकारीले सञ्चारकर्मीलाई बताएका छन् ।

निगमका डिपोहरुले व्यवसायीले मागेको भन्दा २० प्रतिशत भन्दा धेरै इन्धनको कटौती गर्दा देशैभर समस्या देखिएको हो । लगभग २० प्रतिशतसम्म इन्धनको बिक्री घटाउन परिपत्र भएको डिपोहरुले जनाएका छन् ।

आइतबार इन्धन वितरण नभएका कारण सोमबार अभाव सिर्जना भएको निगमले जनाएको छ । मूल्य बढ्ने भएकाले शुक्रबार इन्धन कम वितरण गरेका कारण केही समस्या भएको जनाइएको छ ।

प्रतिक्रिया