सोमबार, पुष ७, २०८२

हिमालयन बैंककाे बन्ड २०८६ काे बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट नियुक्त

नेपालखोज २०७९ जेठ ११ गते २२:०५

काठमाडौं । हिमालयन बैंक र नबिल इन्भेष्टमेन्ट बैंकिङबीच सम्झौता भएको छ । हिमालयन बैंक लिमिटेडको एक हजार रुपैंयाँ अंकित दरको २५ लाख कित्ताले हुन आउने दुई अर्ब ५० करोड रुपैंयाँ बराबरको १० दशमलव ५० प्रतिशत हिमालयन बैंक लिमिटेड बन्ड २०८६ जारी गर्न नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।

उक्त ऋणपत्रको अवधि सात वर्ष रहेको र ब्याजदर १० दशमलव ५० प्रतिशत रहेको छ । उक्त सम्झौतापत्रमा हिमालयन बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक सम्शेर जबरा र नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् ।

प्रस्तावित ऋणपत्र नियमनकारी निकायहरुकोे स्विकृति पश्चात निश्काशन गरिने बैंकले जानकारी दिएको छ । काठमाडाैंको कमलादी स्थित मुख्य कार्यालय रहेका हिमालयन बैंकले देशका सात वटै प्रदेशमा ७४ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ ।

बैंक्ले उच्चस्तरीय, आधुनिकएवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दती खातामा मासिकरुपमा ब्याज प्रदान गर्ने बिशेष योजना समेत कार्यान्वयनमा ल्याएको छ ।

प्रतिक्रिया