माछापुच्छ्रे बैंकद्वारा मानव कल्याण समाजलाई सहयोग

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्वअन्र्तगत चाँगुनारायण ३, भक्तपुरमा अवस्थित मानव कल्याण समाज नामक संस्थालाई २० थान बेड सिटलगायत सामान हस्तान्तरण गरेको छ ।
बैंकले आयोजना गरेको एक कार्यक्रममा माछापुच्छ्रे बैंकका वाग्मती प्रदेशका उपप्रमुख टीका ओझा र कमलविनायक शाखा प्रमुख उज्ज्वल श्रेष्ठले उक्त सामानहरू हस्तान्तरण गरेका थिए ।
मानव कल्याण समाजले बेवारिसे सडक मानवका रूपमा खुला आकाशमुनि आफ्नो जीवन व्यतित गरिरहेका विभिन्न उमेर समूहका वृद्धदेखि बालबालिका, शारीरिक रूपमा अशक्त व्यक्तिहरूलाई उद्धार गरी उनीहरूको संरक्षण गर्दै आएको छ ।
मानव कल्याण समाजले हाल देशका विभिन्न स्थानमा रहेका पाँचवटा शाखाबाट दुई सयजना भन्दा बढीलाई गास, बास, कपास तथा स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ । विभिन्न संघ–संस्था एवं व्यक्तिहरूले स्वेच्छिक रूपमा प्रदान गर्दै आएको सहयोगबाट सञ्चालन भइरहेको मानव कल्याण समाजलाई बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको हो । यसअघि पनि बैंकले सामाजिक कार्यमा संलग्न विभिन्न संघ–संस्थाहरूलाई सहयोग गर्दै आएको छ ।
बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ८ एक्स्टेन्सन काउन्टर, १६६ शाखारहित बैंकिङ सेवा, २०५ एटीएममार्फत १३ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको जानकारी दिएको छ ।








प्रतिक्रिया