सोमबार, पुष ७, २०८२

बैंक अफ काठमाण्डूका ग्राहकलाई ह्यासट्याग फुड तथा बारमा छुट

नेपालखोज २०७९ जेठ १४ गते १४:१६

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र ह्याासट्याग फुड तथा बार प्रालिबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको छ ।

सम्झौतापश्चात् ग्राहकले ह्यासट्याग फुड तथा बार, एयरपोर्ट रोड विराटनगरमा उपलब्ध हुने सम्पूर्ण सेवामा एकमुष्ठ १० प्रतिशतसम्मको छुट पाउनेछन् । उक्त छुटको उपयोग गर्न ग्राहकले बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । ह्यासट्याग फुड तथा बारले सेवाग्राहीलाई गुणस्तरीय सेवा तथा सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९८ शाखा कार्यालय, ९३ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया