सोमबार, पुष ७, २०८२

नेपाल बैंकलले गर्‍यो लुम्बिनी र कर्णाली प्रदेशको बजेट गोष्ठी

नेपालखोज २०७९ जेठ १५ गते १३:४७

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेले आगामी आर्थिक वर्ष ०७९–८० को बैंकको बजेट तथा कार्यक्रम तय गर्ने उद्देश्यले लुम्बिनी र कर्णाली प्रदेशस्तरीय बजेट गोष्ठी तथा तालिम कार्यक्रम गरेको छ । जेठ ११ देखि १३ गतेसम्म पोखरामा आयोजित गोष्ठीमा नेपाल बैंक व्यवस्थापन, लुम्बिनी र कर्णाली प्रादेशिक कार्यालय र सोअन्तर्गतका सम्पूर्ण शाखाका ४४ शाखा प्रबन्धकको सहभागिता थियो ।

प्रधान कार्यालय बजेट तथा योजना विभाग र तालिम तथा विकास डिभिजनले संयुक्त रूपमा आयोजना गरेको गोष्ठीमा सहभागी शाखा प्रबन्धकहरूलाई सफ्ट स्किल डेभलपमेन्टसम्बन्धी तालिमसमेत प्रदान गरिएको थियो । बैंक व्यवस्थापनले शाखाहरूसँग अन्तर्क्रिया गरी शाखा प्रबन्धकहरूबाट प्राप्त सल्लाह–सुझाव समेटेर बजेट निर्माण गर्दा त्यसको प्रभावकारिता बढी हुनुका साथै आगामी आवमा बैंकले लिने निक्षेप तथा कर्जाको लक्ष्य, ग्राहक सेवा तथा बजारीकरणमा गर्नुपर्ने नीति तथा रणनीति, डिजिटल बैंकिङमा बढावा दिनेलगायत विषयमा छलफल भएको थियो ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले नेपाल बैंकको हालको जनशक्ति भनेको नेपालको बैंकिङ क्षेत्रकै टिम तथा युवा जनशक्ति भएको उल्लेख गर्दै यही जनशक्तिको मिहिनेतले बैंक सबल र प्रतिस्पर्धी भएको बताए ।

उनले सबै नेपालीमा सरल, सहज र आधुनिक बैंकिङ सेवा प्रदान गर्दै निरन्तर आफ्नो सेवामा समर्पित भई ग्राहकको विश्वास जित्दै देशको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान गर्ने काममा ऊर्जाशील भई अगाडि बढिरहने पनि बताए ।

कार्यक्रममा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत होमबहादुर खड्का, योजना तथा बजेट विभागकी मुख्य प्रबन्धक प्रतिभा डंगोल, मुख्य प्रबन्धक पासाङ दोर्जे शेर्पा, लुम्बिनी प्रदेश प्रमुख लेखनाथ भुसाल, कर्णाली प्रदेश प्रमुख आश्विन पुडासैनी, तालिम तथा विकास डिभिजन प्रमुख प्रसाद शिवाकोटीलगायत प्रधान कार्यालय बजेट कमिटिका अन्य सदस्यहरूको समेत सहभागिता थियो ।

नेपालभर २१७ शाखा, १७९ एटीएम साथै ४७ एक्टेन्सन काउन्टरमार्फत करिब २० लाख ग्राहकलाई वित्तीय सेवा पुर्याइरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधिमार्फत सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया