सोमबार, पुष ७, २०८२

सुनचाँदीको भाउ सामान्य बढ्याे

नेपालखोज २०७९ जेठ १६ गते १०:४७

काठमाडौं । नेपाली बजारमा आज (साेमबार) सुनचाँदीको भाउ बढेकाे छ । छापावाल सुन आज प्रतितोला २ सय रुपैयाँले बढेर ९८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुन आइतबार ९८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै महासंघका अनुसार तेजाबी सुनको मूल्य २ सय रुपैयाँले बढेकाे छ । आज तेजाबी सुन ९७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजाबी सुन ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य ५ रुपैयाँले बढेकाे छ । आज चाँदी १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी १२ सय ८० रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया