नेपाल बैंक र विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिबीच सम्झौता

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति पोखराबीच आपसी सम्बन्धलाई वित्तीय कारोवार मार्फत विस्तार गर्दै थप प्रगाढ बनाउने उदेश्यका साथ सम्झौता पत्रमा हस्ताक्षर भएको छ । यही जेठ १५ गते आइतबारका पोखरा विन्ध्यवासिनीमा आयोजित एक समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीको विशेष उपस्थितिमा सम्झौता सम्पन्न भएको थियो ।
उक्त सम्झौता पत्रमा विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका तर्फबाट अध्यक्ष एवम् वरिष्ठ समाजसेवी गणेशबहादुर श्रेष्ठ र बैंकका तर्फबाट गण्डकी प्रादेशिक कार्यालयकी प्रमुख प्रतिमा श्रेष्ठले हस्ताक्षर गरेका हुन् । उक्त समझदारी पश्चात विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति मातहतका विभिन्न सामाजिक क्रियाकलाप, समितिका सदस्य तथा कर्मचारीहरुले नेपाल बैंकमार्फत गरिने वित्तीय कारोबारमा विशेष छुट प्राप्त गर्नेछन् ।
नेपालभर २१७ शाखाहरु, १७९ एटिएम साथै ४७ वटा एक्टेन्सन काउन्टर मार्फत करिब २० लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको बैंकले हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधि मार्फत सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धिरुपमा अगाडि बढिरहेको छ । विगत केहि बर्ष यता बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा मुख्य जोड दिई युवा जनशक्ति मार्फत नेपाल राज्यभर बैंकिङ सेवा प्रदान गरिरहेको छ ।
दक्ष व्यवस्थापन, युवा कर्मचारी र आधुनिक प्रविधीको समुचित प्रयोग भएसंगै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैक प्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गएको देखिन्छ । निक्षेपमा उच्च व्याजदर प्रदान गरेको साथै सरकारी बैंक भएको कारण पनि यस बैंकका बचत एवं मुद्दती खातामा निक्षेप कर्ताको आकर्षण बढिरहेको छ ।








प्रतिक्रिया