एभरेष्ट बैंक र गेटवे पेमेन्टबीच सम्झौता
नेपालखोज
२०७९ जेठ १६ गते १९:४९

काठमाडौं । एभरेष्ट बैंक र गेटवे पेमेन्ट नेपालबीच सम्झौता भएको छ । डिजिटल पेमेन्ट इकोसिस्टमलाई सबल बनाउन बैंकले गेट वे नेपाल प्रालिसँग सम्झौता गरेको हो ।
सम्झौतापश्चात् बैंकका ग्राहकले भारतमा पेटीएम, गुगलपे, फोनपे आदि स्वीकार गर्ने विभिन्न आउटलेटहरुमा सामान खरिद गरी भुक्तानी दिन सक्नेछन् । यसको साथै भारतमा बसोबास गर्ने नेपालीहरूले सीधै एभरेष्ट बैंकको खातामा पैसा पठाउन सक्नेछन् ।
भारतको पन्जाब नेसनल बैंकसँगको संयुक्त लगानीमा सञ्चालित एभरेष्ट बैंकका हाल लाखौं ग्राहक रहेका छन् ।
बैंकले आफ्नो ११६ शाखा, ३१ राजस्व संकलन काउन्टर, १५० शाखामार्फत वित्तीय काराोबार सञ्चालन गर्दै आएको छ ।
सम्बन्धित








प्रतिक्रिया