सोमबार, पुष ७, २०८२

गुराँस लाइफ इन्स्योरेन्स १४औं वर्षमा प्रवेश

नेपालखोज २०७९ जेठ १७ गते १९:१४

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी १४औं वर्षमा प्रवेश गरेको छ । कम्पनीको आफ्नो वार्षिककोत्सवको अवसरमा गुराँस लाइफ इन्स्योरेन्सको १४ वर्षसम्मको निरन्तर यात्रामा सहयात्री भई साथ दिने बिमितहरू, अभिकर्ताहरू, ग्राहकहरू, सेयरधनी, नियामक निकायहरू एवं साझेदार संस्थाहरू तथा शुभचिन्तकहरूमा आभार प्रकट गरेको छ ।

‘यस अवधिमा कम्पनीले हासिल गरेको उन्नति प्रगतिकै फलस्वरूप जीवन बिमा बजारमा सशक्त र स्थापित कम्पनीका रूपमा रहेकामा हामी गौरवान्वित छौं,’ कम्पनीले विज्ञप्तिमार्फत भनेको छ ।

आगामी दिनमा समेत जीवन बिमाको व्यवसायमा अझ क्रियाशील भई सुदृढ र स्तरीय सेवा प्रदान गर्दै बिमितहरूको सर्वोपरि हितका लागि समर्पित रहि रहने कम्पनीले प्रण गरेको छ ।

प्रतिक्रिया