मंगलबार, वैशाख १८, २०८१

कबड्डी ४ विवाद, फुर्पा तामाङले माफी मागे पछि दुई पक्षबीच सहमति

नेपालखोज २०७९ जेठ १८ गते ६:४४

काठमाडौं । प्रदर्शनरत नेपाली चलचित्र ‘कबड्डी द फाइनल म्याच’को दर्शकसँग साक्षात्कार गर्ने क्रममा जेठ १५ गते सिभिल मलको क्यूएफएक्स हलमा पुगेकी अभिनेत्री मिरुना मगरमाथि भएको ‘अभद्र व्यवहार’सम्बन्धी घटनामा फुर्पा तामाङले गल्ती स्वीकार गर्दै माफी मागेका छन् । 

मंगलबार दुई पक्षबीचको छलफलपछि अभिनेत्री मगरले पनि ‘भाइ’ सम्झेर माफी दिएकी छन् । अभिनेत्री मगरले पनि आकस्मिक प्रतिक्रिया जनाउने क्रममा हुन गएको घटनाबाट सिंगो बौद्ध धर्मावलम्बी, भिक्षु, लामा समुदाय तथा सम्प्रदायप्रति पर्न गएको असरप्रति माफी मागेकी छन् । 

प्रतिक्रिया