सेन्चुरी बैंकको पथरी र इनरुवामा दुई नयाँ शाखा

काठमाडौं । सेन्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा यही जेठ १७ देखि थप दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले मोरङकोे पथरी शनिश्चरे नगरपालिका १ मा पथरी शाखा र सुनसरीकोे इनरुवा नगरपालिका १, भगवती रोडमा इनरुवा शाखाबाट सेवा प्रारम्भ गरेको हो ।
पथरी शाखा बैंकका सञ्चालक समिति सदस्य मनबहादुर राई र पथरी शनिश्चरे नगरपालिकाको मेयर मोहनप्रसाद तुम्वापोले पथरी शाखाको संयुक्त रूपमा समुद्घाटन गरी सेवा आरम्भ गरेका हुन् । कार्यक्रममा बैंकका सञ्चालक समिति सदस्य अभिषेक वज्राचार्य, प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने, प्रमुख बजार अधिकृत अनुपमा श्रेष्ठ मानन्धर, पथरी शनिश्चरे उद्योग वाणिज्य संघकी उपाध्यक्ष आशा राई, पथरी शनिश्चरे १ का वडाध्यक्ष भीमकुमार राई, इलाका प्रहरी कार्यालय पथरी शनिश्चरेका राजेन्द्रकुमार पौडेललगायत बैंकका कर्मचारी तथा स्थानीय बासिन्दाको उपस्थिति थियो ।
साथै इनरुवा शाखा बैंकका सञ्चालक समिति सदस्य अभिषेक वज्राचार्य र इनरुवा नगरपालिकाको मेयर केदार भण्डारीले संयुक्त उदघाटन गरी सेवा शुभारम्भ गरेका हुन् । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने, प्रमुख बजार अधिकृत अनुपमा श्रेष्ठ मानन्धर, इनरुवा नगरपालिका उपमेयर विनीता मेहता, इनरुवा नगरपालिकाका पूर्वमेयर गोपाल कोइराला, इनरुवा उद्योग वाणिज्य संघका उपाध्यक्ष गिरिराज अटल, बैंकका कर्मचारी तथा स्थानीयवासीको उपस्थिति थियो ।

बैंकले २०७८ चैत मसान्तसम्ममा ९२ अर्ब ९६ करोड निक्षेप संकलन र कर्जा ८९ अर्ब ६५ करोड कर्जा प्रदान गरी एक अर्ब एक करोड ५६ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ । उक्त मुनाफा गत वर्षको सोही अवधिको तुलनामा एक सय ८३ दशमलव ५९ प्रतिशतले बढी हो । देशका सुगम तथा दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने उद्देश्यका साथ बैंकले देशका विभिन्न स्थानमा शाखा, शाखारहित बैंकिङ तथा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याई सेवा प्रदान गर्दै आएको छ । थप दुई शाखा सञ्चालनमा आएपछि बैंकको कुल शाखा संख्या १४६ पुगेको छ भने बैंकले १० एक्सटेन्सन काउन्टर २४ शाखारहित बैंकिङ र ११५ वटा एटीएममार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।








प्रतिक्रिया