सोमबार, पुष ७, २०८२

शाहको नेतृत्वमा जोन्टा क्लब अफ काठमाडौं

नेपालखोज २०७९ जेठ १८ गते १७:१०

काठमाडौं । जोन्टा क्लब अफ काठमाडौं विगत ९ वर्षदेखि स्वाथ्य, शिक्षा, मानवअधिकार, समानता, आर्थिक सशक्तीकरणलगायत क्षेत्रमा क्रियाशील छ । यस्तै बालबिवाह, मानव बेचबिखन, लैंगिक हिंसा र विभेदका क्षेत्रमा पनि यो संस्थाले काम गरिरहेको छ ।

विश्वका ६७ देशमा फैलिएको यो गैरनाफामूलक संस्था हो । यसैक्रममा जोन्टा क्लब अफ काठमाडौंको नवौं वार्षिक साधारणसभा गरिएको छ । साधारणसभामा अध्यक्ष सीमा गोल्छाले आफ्नो दुईवर्षे कार्यकाल समापन भएसँगै नयाँ चयन भएकी अध्यक्ष आभा शाहलाई कार्यभार हस्तान्तरण गरिन् । गोल्छाले आफ्ना कार्यकालमा भएका कार्य र नवीनतम् पहलबारे जानकारी गराएकी थिइन् ।

साधारणसभामा नवनिर्वाचित अध्यक्ष शाहले आफूले मन, वचन र कर्मले जोन्टाको सेवा गर्ने बताइन् । उनले नेपाली महिलाका हक, अधिकार, शिक्षा, रोजगार र आर्थिक सशक्तीकरणमा जोडदार रुपमा कटिबद्ध भएर लाग्ने जनाइन् । साधारणसभामा भाइस एरिया डाइरेक्टर मीरा ज्योति, भाइस प्रेसिडेन्ट कमलकेशरी तुलाधर, टेर्जरर मृदुला राजभण्डारी, तथा भूतपूर्व प्रेसिडेन्ट र व्यवस्थापक समितिका सदस्यले जोन्टा कल्बले गरिरहेको कामको चर्चा र गर्नुपर्ने कार्यबारे सुझाव र धारणा राखेकी थिइन् ।

कार्यक्रममा ६ नवप्रवेशी पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठ, निशा केसी, सीतु प्रधान, स्वस्तिका खनाल, निसी टिब्रेवाल खेतान र गौरी ठकुरीलाई सदस्यता प्रदान गरिएको थियो ।

प्रतिक्रिया