राष्ट्रिय वाणिज्य बैंकको कार्ड होल्डरलाई अन्नपूर्ण केबुलकारमा १० प्रतिशत छुट

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र अन्नपूर्ण केबुलकार प्रालिबीच बैंकका डेबिट/क्रेडिट कार्ड होल्डरहरूलाई केवलकारको भाडा रकममा १० प्रतिशत छुट गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र अन्नपूर्ण केबुलकारका महाप्रबन्धक दिनेश पौड्यालले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौता भएपश्चात कास्कीको पोखरामा रहेको अन्नपूर्ण केबुलकारमा यात्रा गर्दा बैंकका कर्मचारी तथा डेबिट/क्रेडिट कार्ड भएका ग्राहकहरूलाई केबुलकारले भाडा रकममा १० प्रतिशत छुट दिनेछ ।
कार्यक्रममा बैंकका विभागीय प्रमुख सन्दीपजंग कार्की, विभागीय उपप्रमुख अविता श्रेष्ठलगायत कर्मचारीको उपस्थिति थियो । हाल देशभर बैंकले २५८ शाखा कार्यालय, २४५ वटा एटीएम, ४३ स्थानमा एक्स्टेन्सन काउन्टर, ९८ शाखारहित बैंकिङ सेवासहित आधुनिक डिजिटल बैंकिङको माध्यमबाट सेवा प्रवाह गर्दै आइरहेको छ ।








प्रतिक्रिया