बैंक अफ काठमाण्डूको उच्च ब्याजदरसहित प्रिमियम प्लस बचत खाता सार्वजनिक

काठमाडौं । ग्राहकहरुलाई उच्चतम् ब्याजदरबाट लाभाम्वित बनाउने उद्देश्यले बैंक अफ काठमाण्डू लिमिटेडले बीओके प्रिमियम प्लस बचत खाता सार्वजानिक गरेको छ ।
हाल बैंकिङ क्षेत्रहरुमा साधारणतया बैंकहरुले बचत खातामा ग्राहकहरुलाई प्रदान गर्ने ब्याजदरभन्दा बढि ब्याजदरको ब्यवस्था सहित अन्य धैरे निशूल्क सुबिधाहरु रहेको यस बचत खाता खोली ग्राहकहरुले उच्चतम् लाभ लिन सक्नेछन् ।
‘अब बचत गर्ने अझ बढ्नेछ रहर, जब पाइन्छ अन्य खाताहरु भन्दा अधिक ब्याजदर’ भन्ने मुलनाराका साथ सार्वजनिक गरिएको यस बचत खातामा ग्राहकहरुले आठ दशमलव तीन प्रतिशतको उच्चतम ब्याजदर पाउनेछन । साथै, १० हजार रुपैंयाँसम्मको न्यूनतम मौज्दात राखी खाता खोल्न सकिने यस बचत खातामा ग्राहकहरुलाई थुप्रै निःशुल्क बैंकिङ्ग सेवाहरुको ब्यवस्था रहेको छ ।
ग्राहकहरुले सामान्य तया शुल्क तिर्नुपर्ने बैंकिङ सेवाहरु जस्तै चेक बुक, व्यालेन्स सर्टिफिकेट, डिम्याट एकाउन्ट, इ कर्मश एक्टिभेसिन, एबिबिएस खाताको विवरण, मेरो सेयर, कनेक्ट आईपिएस, डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोेबाईल बैैंकिङ्ग यस बचत खातामा निशुल्क उपलब्ध हुनेछ ।
साथै, बैंकको ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गरि संचालनमा ल्याइएको यस बचत खातामा ग्राहकहरुले आफ्नो बचत रकममा उच्चतम् प्रतिफलको लाभ पाउने विश्वाश बैंकले लिएको छ । हालसम्म बैंकले ९८ शाखा कार्यालयहरु, ९३ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।








प्रतिक्रिया