एनएमबिले बाँड्यो ५,७२८ थान चुलो

काठमाडौं । एनएमबि बैंक लिमिटेडले नेदरल्यान्ड डेभलपमेन्ट अर्गनाईजेसन (एसएनभी) को रिजल्ट बेस फाइनान्सिङ परियोजनाअन्तर्गत ५,७२८ सुधारिएको चुलो वितरण गरिएको छ । बैंकले परियोजनासँग मिलेर उक्त परियोजनाका लागि कोष व्यवस्थापकका रुपमा काम गरेको थियो ।
परियोजनाअन्तर्गत नेपालमा सुधारिएको चुलो वितरण गरेर ग्रामीण भेकका जनताको जीवनस्तर सुधार गर्ने उद्देश्य साथ प्राक्टिकल एसएनभीसँग बैंकले सहकार्य गरेर सुदूरपश्चिम र कर्णालीका विभिन्न ग्रामीण भेकमा सुधारिएको चुलो वितरण गरेको हो ।
बैंकको लघुवित्त विभागले एसएनभीसँग सहकार्य गरेर उक्त परियोजना सफलतापूर्वक कार्य गरिरहेको छ । यसका साथसाथै अन्य विभिन्न परियोजनासँग सहकार्य गरेर सेवा प्रदान गर्दै आइरहेको छ । परियोजनाले दाउराको खपत घटाएर वनको संरक्षणमा मद्दत पुग्ने, विशेषगरी महिला दिदीबहिनीले भान्साका लागि गर्नुपर्ने कठिनाइमा कमी ल्याउने, धुवाँ-धुलो कमीका कारणले वायु प्रदुषणमा समेत नियन्त्रण भई समग्र आगलागीको खतरा तथा धुवाँ तथा धुलोका कारणले स्वास्थमा आउने रोग तथा विकारमा समेत कमी हुने विश्वास लिइएको छ ।
एनएमबि दी फिनान्सियल टाइम्स, लन्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दी इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो । एनएमबिले ०१७, ०१८, ०२० र ०२१ लागि पनि उक्त पत्रिकाद्वारा चारपटक नेपालकै उत्कृष्ट बैंकको उपाधि‘ बैंक अफ दी इयर नेपाल’ प्राप्त गरिसकेको छ । बैंकले हाल देशभर २०१ शाखा, १३८ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।








प्रतिक्रिया