ज्योति विकास बैंकको त्रिशूली कोलोनी विस्तारित काउन्टर उद्घाटन

काठमाडौं । ज्योति विकास बैंकले बिहीबार बैंकको नुवाकोटस्थित त्रिशूली शाखाअन्तर्गतको त्रिशूली कोलोनी विस्तारित काउन्टरको औपचारिक उद्घाटन गरेको छ । बैंकको सन्जाल थप सुदृढ गर्ने क्रममा बैंकले त्रिशूलीमा विस्तारित काउन्टरको औपचारिक सुरुवात गरेको हो ।
विदुर नगरपालिका ९, नुवाकोटस्थित त्रिशूली कोलोनी विस्तारित काउन्टरको उद्घाटन विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ र बैंकका अध्यक्ष हरिचन्द्र खड्काले संयुक्त रुपमा गरेका थिए ।
उद्घाटन समारोहमा बैंकका विभिन्न पदाधिकारी र कर्मचारीहरू,ग्राहकवर्ग तथा स्थानीय व्यवसायीहरूको पनि उपस्थिति थियो ।
विस्तारित काउन्टर उद्घाटनका अवसरमा बैंकले त्रिशूली कोलोनी विस्तारित काउन्टरका ग्राहकका निमित्त शून्य मौज्दातमै क्यूआर कोड, निःशुल्क डलर कार्ड जारी, निःशुल्क डिम्याट खाता, निःशुल्क मेरो सेयर रजिस्ट्रेसन, निःशुल्क डेबिट कार्ड, निःशुल्क मोबाइल बैंकिङ सेवा, निःशुल्क इन्टरनेट बैंकिङ सेवा, सबै मुद्दती निक्षेपमा मासिक ब्याज भुक्तानी, कर्जा सेवा शुल्कमा शून्य दशमलव २५ प्रतिशत छुटलगायत विभिन्न सुविधा प्रदान गर्ने भएको छ ।
हालसम्म ज्योति विकास बैंकले ११७ शाखा कार्यालय, २ एक्स्टेन्सन काउन्टर तथा ६४ एटीएममार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।








प्रतिक्रिया