नमस्ते पे वालेटमार्फत स्मार्ट क्यूआर मर्चेन्ट पेमेन्ट सेवा सुरु

काठमाडौं । नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको संयुक्त लगानीमा सञ्चालित नमस्ते पे वालेटमार्फत स्मार्ट क्यूआर भुक्तानी सेवा सञ्चालनमा आएको छ ।
सेवा सञ्चालसँगै नमस्ते पे वालेट प्रयोगकर्ताले स्मार्ट क्यूआरमार्फत भुक्तानी लिँदै आएका विभिन्न व्यापार व्यवसायीहरुलाई भुक्तानी दिन सक्नेछन् । यसका साथै अहिलेसम्म पनि स्मार्ट क्यूआर सेवा नलिएका विभिन्न व्यापार व्यवसायीहरुले नमस्ते पे वालेटमार्फत स्मार्ट क्यूआर सेवा पनि लिन सक्नेछन् ।
नमस्ते पे वालेट प्रयोग गरी स्मार्ट क्यूआरमार्फत गोल्ड स्टारका सोरुम हरुमा भुक्तानी गर्दा ३० प्रतिशत (रु. ३०० सम्म) आकर्षक छुट प्राप्त गर्न सक्नेछन् भने भविष्यमा स्मार्ट क्यूआर भुक्तानीमा अझै धेरै आकर्षक अफर छिटै आउने जानकारीसमेत स्मार्ट क्यूआर नेटवर्क सञ्चालक स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र नमस्ते पे वालेट सञ्चालक नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडले संयुक्त रुपमा जानकारी दिएका छन् ।








प्रतिक्रिया