सेन्चुरीका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुपमा २० प्रतिशत छुट
नेपालखोज
२०७९ जेठ १९ गते १८:२५

काठमाडौं । सेन्चुरी कमर्सियल बैंक लिमिटेड र सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटी प्रालिबीच विभिन्न सेवा सुविधामा २० प्रतिशतसम्मको छुट प्रदान गर्ने गरि सम्झौता भएको छ ।
बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहकहरु, मोबाइल बैंकिङ प्रयोगकर्ता, सम्पूर्ण ग्राहक तथा बैकका कर्मचारीलाई सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीको देशभरि सञ्चालनमा रहेका होटेल तथा रेष्टुरेन्टमा खानामा १० प्रतिशत र आवासमा २० प्रतिशतसम्म छुट प्रदान गर्ने गरी सम्झौता भएको छ ।
सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख बजार अधिकृत अनुपमा श्रेष्ठ मानन्धर र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका तर्फबाट बजार प्रबन्धक निर्पेश श्रेष्ठले हस्ताक्षर गरे ।
सेन्चुरीका १४३ शाखा, १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ र ११५ एटीएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।
सम्बन्धित








प्रतिक्रिया