बिहीबार, जेठ २, २०८२

प्रकृतिका अस्त्रमाथि प्रतिबन्ध लगाई हतियार किन्ने उमेर बढाउन बाइडेनकाे आह्वान

नेपालखोज २०७९ जेठ २० गते ९:४८

काठमाडाैं । अमेरिकी राष्ट्रपति जो बाइडेनले बन्दुकका कारण हुने हिंसा र ‘हत्याकाण्ड’ रोक्नका लागि घातक खालका अस्त्रहरू र उच्च क्षमताका म्यागजिनहरूमाथि प्रतिबन्ध लगाउनुपर्ने बताएका छन् ।

ह्वाइट हाउसबाट ‘प्राइम टाइम’ अर्थात् सबैभन्दा धैरेले टेलिभिजन हेर्ने समयमा राष्ट्रका नाममा सम्बोधन गर्दै उनले अमेरिकामा दैनिक धेरै स्थलहरू हत्या गर्ने क्षेत्र बनिरहेको बताए ।

अमेरिकी कङ्ग्रेसले त्यस्ता हातहतियारलाई गैरकानुनी बनाउन नसके ती हतियार खरिद गर्ने उमेर १८ बाट २१ वर्ष पुर्‍याउनुपर्ने बाइडनको भनाइ छ । देशमा भएका श्रृङ्खलाबद्ध गोलीकाण्डहरूपछि राष्ट्रपति बाइडनको उक्त भनाइ आएको हो ।

प्रतिक्रिया