सोमबार, पुष ७, २०८२

रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा पुनः बिमालेख पुनर्जागरण अभियान

नेपालखोज २०७९ जेठ २० गते १३:०४

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले पुनः बिमालेख पुनर्जागरण अभियान सञ्चालन गरेको छ । अभियानअन्तर्गत कम्पनीबाट जारी भएका बिमालेखहरू नवीकरण नगरी व्यतित भएका बिमालेखको हकमा शतप्रतिशत विलम्ब शुल्क छुट गर्ने व्यवस्था गरिएको छ ।

यो योजना दुई वर्ष वा सोभन्दा कम समय व्यतित भएका बिमालेखमा मात्र लागु हुनेछ । यसका साथसाथै, बिमालेख अवधिभित्र एकपटक मात्र ब्याज छुटको सुविधा प्रदान गरिने कम्पनीले जानकारी दिएको छ । उक्त पुनर्जागरण अभियान आज (जेठ २० गते) देखि आसार १५ सम्म सञ्चालन हुनेछ । आफ्नो व्यतित भइसकेका बिमालेखहरू बिलम्ब शुल्कबिनै नवीकरण गरी आफ्ना ग्राहकलाई मौकाको फाइदा उठाउन पनि कम्पनीले विज्ञप्तिमार्फत अनुरोध गरेको छ । साथै, बिमालेख पुनर्जागरण गर्दा स्वास्थ्य परीक्षण गर्नुपरे मेडिकल शुल्क कम्पनीले व्यहोर्नेछ ।

हरेक नेपालीलाई बिमाको दायराभित्र ल्याई उनीहरू र उनीहरूसँग आश्रित परिवारको आर्थिक सुरक्षाका लागि जीवन बिमा अनिवार्य छ । अतः यसै कुरालाई मध्यनजर गरी रिलायन्स लाइफ इन्स्योरेन्सले आफ्ना ग्राहकको जीवन सुरक्षाको महत्त्वलाई मध्यनजर गरी बिमालेख पुनर्जागरण अभियान सञ्चालन गरेको जनाएको छ ।

प्रतिक्रिया