मंगलबार, वैशाख १८, २०८१

११ वटै स्थानीय तहमा जनसम्बन्ध विस्तार अभियान शुरु

नेपालखोज २०७६ चैत २ गते १०:५०

स्याङ्जा । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्लाका ११ वटै स्थानीय तहमा तीनमहिने पार्टी एकता सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान शनिबारबाट शुरु गरेको छ ।

जिल्ला अध्यक्ष सूर्यप्रसाद गैरेले अभियानका क्रममा पार्टी सदस्यता नवीकरण, एकताका बाँकी कामलाई पूर्णता दिनुका साथै जनवर्गीय सङ्गठनको एकीकरण, जनप्रतिनिधिसँग अन्तक्र्रिया गरिने जानकारी दिए ।

उनले सरकारले गरेका कामको प्रचारप्रसार , भेला ,कार्यकर्तासँग भेटघाट गरेर पार्टीका धारणा र विचारलाई जनतामाझ लैजाने बताए ।

यसैबीच कालीगण्डकी गाउँपालिका–५ बाँसटारीका आगलागीपीडितलाईराहत वितरण गरिएको छ । कालीगण्डकी गाउँपालिकाले प्रतिघर रु १५ हजार र प्रतिगोठको रु १० हजारका साथै घर निर्माणका लागि आवश्यक जस्तापाता, त्रिपाल र ब्ल्याङ्केट वितरण गरिएको जनाएको छ ।

आगलागीबाट घर–गोठ जल्नुका साथै अन्य सामग्रीसमेत क्षति पुगेकाले तत्कालका लागि गाउँपालिकाको तर्फबाट सहयोग गरेको र थप सहयोगका लागि गण्डकी प्रदेश सरकारसँग आग्रह गरेको गाउँपालिका अध्यक्ष खिम थापाले जानकारी दिनुभयो ।

बिहीबार दिउँसो एक्कासी आगलागी हँुदा दुई घर र चार गोठ जलेर नष्ठ हुनुका साथै दुई भैँसीसमेत मरेका थिए । दिउँसो नेत्रप्रसाद न्यौपानेको घरमा कुडो पकाउने क्रममा आगो गोठमा सल्किन पुगी गोठ जलेपछि सोही आगो अन्य घर र गोठमा पनि सल्किन पुग्दा क्षति भएको थियो । आगलागी हुँदा अन्दाजी रु २३ लाख १३ हजार बराबरको क्षति भएको अनुमान छ ।

प्रतिक्रिया