बिहीबार, जेठ २, २०८२

श्रीलंकाले अप्रयुक्त जमिन खेतिका लागि प्रयोग गर्ने

नेपालखोज २०७९ जेठ २१ गते २०:५७

श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले सरकारी अधिकारीहरूलाई वृक्षरोपण कम्पनीहरूको स्वामित्वमा रहेका सबै अप्रयुक्त भूमिहरू पहिचान गरी खेतीका लागि प्रयोग गर्न निर्देशन दिनुभएको राष्ट्रपतिको मिडिया डिभिजन (पीएमडी) ले शनिबार जनाएको छ ।

श्रीलंकाले आगामी महिनामा खाद्यान्न अभावको सामना गर्नुपर्ने चेतावनी सार्वजनिक भएपछि राष्ट्रपतिले यो निर्णय लिएको बताइएको छ । ‘वृक्षरोपण कम्पनीहरूसँग ९, ००० हेक्टर भन्दा बढी खेती नगरिएको जमिनको स्वामित्व छ । श्रीलंकाले अप्रिल २०२१ मा रासायनिक मलको प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि कृषि उत्पादनमा तीव्र गिरावट आएको हो ।

रासायनिक मलमाथिको प्रतिबन्ध फुकुवा भएको र आगामी कृषि यामका लागि पर्याप्त मात्रामा मल खरिद गर्न विभिन्न देशसँग छलफल भइरहेको मन्त्रिपरिषद्ले जनाएको छ ।

प्रतिक्रिया