सोमबार, पुष ७, २०८२

वातावरण दिवसमा सांग्रिला डेभलमेन्ट बैंकको साइकल र्‍याली

नेपालखोज २०७९ जेठ २२ गते १६:२१

काठमाडौं । विश्व बातावरण दिवसका अवसरमा सांग्रिला डेभलपमेन्ट बैंक लि.ले ‘इन्धन बचाउ पृथ्वी बचाउ’, ‘साइकल चलाउ इन्धन बचाउ’ जस्ता नाराका साथ साइकल र्‍यालीको आयोजना गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठबाट साइकल र्‍यालीमा सहभागीलाई इन्धन बचाउन सांग्रिला डेभलपमेन्ट बैंकले चालेका कदमहरुको विषयमा सम्बोधनपछि र्‍यालीको सुरुवात गरिएको थियो ।

बैंकको केन्द्रीय कार्यालय बालुवाटारबाट सुरु भएको र्‍याली भाटभटेनी, नक्साल, ज्ञानेश्वर, कृष्ण पाउरोटी, पुतलीसडक, सहिदगेट, माइतीघर, भद्रकाली मन्दिर, जमल, दरबारमार्ग, लैनचौर, कालिका टावर हुँदै सांग्रिला डेभलपमेन्ट बैंक लि. बालुवाटारमा पुगेर सम्पन्न भएको थियो । र्‍यालीमा बैंकका संस्थापक र सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ, बैंकको उच्च व्यवस्थापन तहका कर्मचारी, विभागीय प्रमुख तथा अन्य कर्मचारीको उपस्थिति थियो ।

इन्धन खपत घटाउने समग्र देशको प्रयासमा केही इँटा थप्ने उद्देश्यले बैंकमा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई कार्यालय आवात जावत गर्दा विद्युतीय सवारी साधनको प्रयोग, सार्वजनिक यातायातको प्रयोग, कम इन्धन प्रयोग हुने सवारी साधनको प्रयोग, साईकलको प्रयोग तथा हिँडेर कार्यालय आवत-जावत तथा कार पुलिङ्ग गर्न उत्प्रेरित गरिरहेको यस बैंकले आयोजना गरेको यस साइकल र्‍याली मार्फत वातावरण संरक्षण तथा इन्धन (पेट्रोलियम पदार्थ) वचाउनका लागि विभिन्न विकल्पकहरुको प्रयोग गर्न सन्देश दिन खोजिएको जानकारी बैंकले दिएको छ ।

देशमा इन्धनको खपत सक्दो कम गरी बातावरण लाई सफा स्वच्छ राख्नको लागी विभिन्न किसिमका कार्यक्रम तथा शिविर मार्फत प्रोत्साहित गर्ने उद्देश्यका साथ सेभ फ्युल च्यालेन्ज भन्ने नाराका साथ बैंक अगाडि बढेकोले यस्ता किसिमका कार्यक्रमहरुलाई बैंकले निरन्तरता दिंदै जाने जानकारी दिएको छ ।

समाज र देशको हितका लागि इन्धन खपत घटाउने समग्र देशको प्रयासमा केही इट्टा थप्ने उद्देश्यले र्‍याली आयोजना गरिएको बैंकले विज्ञप्तिमार्फत जनाएको छ ।

प्रतिक्रिया