नेपाल बैंक गण्डकी र सुदूरपश्चिम प्रदेशकोे बजेट गोष्ठी

काठमाडौं । नेपाल बैंक लिमिटेले आगामी आर्थिक वर्ष ०७९/८० को बैंकको बजेट तथा कार्यक्रम तय गर्ने उद्देश्यले गण्डकी र सुदूरपश्चिम प्रदेशकोे प्रदेश स्तरीय बजेट गोष्ठी गरेको छ ।
जेठ १९ गते देखि २१ गतेसम्म चितवनको सौराहामा आयोजित बजेट गोष्ठीमा नेपाल बैंक व्यवस्थापन, गण्डकी र सुदूरपश्चिम प्रादेशिक कार्यालय र सो अन्तर्गतका सम्पूर्ण शाखाका ४५ शाखा प्रबन्धकको सहभागिता थियो । प्रधान कार्यालय बजेट तथा योजना बिभाग र तालिम तथा विकास डिभिजनले संयुक्त रुपमा आयोजना गरेको उक्त बजेट गोष्ठीमा सहभागि शाखा प्रबन्धकहरूलाई सफ्ट स्किल डेभलेपमेन्ट सम्बन्धी तालिम समेत प्रदान गरिएको थियो ।
बैंक व्यवस्थापनले शाखाहरूसँग अन्तर्क्रिया गरी शाखा प्रबन्धकहरूबाट प्राप्त सल्लाह एवं सुझाव समेटेर बजेट निर्माण गर्दा त्यसको प्रभावकारिता बढि हुने साथै आगामी आर्थिक बर्षमा बैंकले लिने निक्षेप तथा कर्जाको लक्ष्य, ग्राहक सेवा तथा बजारीकरणमा गर्नुपर्ने नीति तथा रणनीति, डिजिटल बैंकिङ्मा बढावा दिने लगायतका विषहरूमा बृहत रुपमा छलफल गरी सो सम्बन्धमा आवश्यक कार्यक्रमहरू तय गर्न सहज हुने देखिएकोले यस्ता कार्यक्रमहरू प्रत्यक बर्ष आयोजना गरिंदै आएको बैंकले जनाएको छ ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले नेपाल बैंकको हालको जनशक्ति भनेको नेपालको बैंकिङ क्षेत्रकै टिम तथा युवा जनशक्ति भएको उल्लेख गर्दै यही जनशक्तिको कडा मेहनेतले गर्दा नै नैपाल बैंक आज अत्यन्त सबल र प्रतिस्पर्धि बैंकको रुपमा अगाडि आएको विचार व्यक्त गरेका थिए । सम्पूर्ण नेपालीहरूमा सरल,सहज र आधुनिक बैंकिङ् सेवा प्रदान गर्दै निरन्तर आफ्नो सेवामा समर्पित भई ग्राहकहरूको बिश्वास जित्दै देशको आर्थिक बिकासमा महत्वपूर्ण योगदान गर्ने कार्यमा यस बैंकका सम्पूर्ण कर्मचारीहरू सदा उर्जाशिल भई अगाडि बढिरहने बिश्वास समेत उनले व्यक्त गरे ।
कार्यक्रममा बैंकका प्रवक्ता तथा सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी, योजना तथा बजेट बिभागकी मुख्य प्रबन्धक, प्रतिभा डंगोल, गण्डकी प्रदेश प्रमुख प्रतिमा श्रेष्ठ, बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुन बहादुर कंडेल, तालिम तथा बिकास डिभिजन प्रमुख प्रसाद शिवाकोटी, सुदूरपश्चिम प्रदेश प्रमुख विश्वराज भण्डारीलगायतको सहभागिता थियो ।
नेपालभर २१७ शाखा, १७९ एटीएम साथै ४७ एक्स्टेन्सन काउन्टरमार्फत करिब २१ लाख ग्राहकलाई वित्तीय सेवा पुर्याइरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधिमार्फत सेवा प्रदान गरिरहेको छ । बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा मुख्य जोड दिई युवा जनशक्तिमार्फत नेपाल राज्यभर बैंकिङ सेवा प्रदान गरिरहेको छ ।
दक्ष व्यवस्थापन, युवा कर्मचारी र आधुनिक प्रविधिको समुचित प्रयोग भएसगै आमनेपालीमा नेपालको पहिलो बैंक नेपाल बैंकप्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गएको देखिन्छ । निक्षेपमा उच्च ब्याजदर प्रदान गरेको साथै सरकारी बैंक भएको कारण पनि यस बैंकका बचत एवं मुद्दती खाताहरूमा निक्षेप कर्ताहरूको आकर्षण बढिरहेको छ ।








प्रतिक्रिया