सोमबार, पुष ७, २०८२

सन नेपाल लाइफद्वारा बिमा महत्त्व, बिमा दाबी भुक्तानी लगायत महत्त्वपूर्ण प्रशिक्षण

नेपालखोज २०७९ जेठ २२ गते १९:०७

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले गत साता अभिकर्ता सम्मान तथा बिमा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।

मुख्य मार्केटिङ विभाग त्रिपुरेश्वर, शाखा कार्यालयहरु लगनखेल र नारायणघाट अन्तर्गत अभिकर्ताहरुलाई चितवनको सौराहामा एक कार्यक्रमको आयोजना गरी सम्मान गरिएको कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार लम्जुङ शाखा कार्यलयमा पनि उक्त खाले कार्यक्रम आयोजना गरिएको थियो ।

जनमानसमा बिमाको महत्त्व, बिमा दाबी भुक्तानी लगायतका महत्त्वपूर्ण प्रशिक्षण कम्पनीका महाप्रबन्धक कमलराज गौतमद्वारा प्रदान गरिएको थियो भने उत्कृष्ट अभिकर्ताहरुलाई सम्मानसमेत गरिएको थियो । देशैभर उत्कृष्ट शाखा सञ्जालबाट बिमा सेवा प्रदान गर्दै आएको कम्पनीले निकट भविष्यमा नै सर्वसाधारणलाई साधारण सेयर निष्काशन गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया