ब्रिटिश प्रधानमन्त्री जोन्सनले पाए विश्वासको मत
नेपालखोज
२०७९ जेठ २४ गते ८:२८

काठमाडाैं । ब्रिटिश प्रधानमन्त्री बोरिस जोन्सनले आफ्नो नेतृत्वविरुद्ध महत्त्वपूर्ण विद्रोह हुँदाहुँदै पनि विश्वासको मतमा बहुमत प्राप्त गरेका छन् ।
५९ प्रतिशत मतले जितेसँगै अब एक वर्षका लागि उनी सत्ताधारी कन्जरभेटिभ पार्टीको नेतृत्वमा रहने पक्का भएको छ ।
कुल २११ टोरी सांसदले जोनसनको नेतृत्वप्रति विश्वासको मत दिए भने १ सय ४८ जनाले उनको विपक्षमा मतदान गरेका थिए ।
जोनसनले विश्वास मत प्राप्त गरेको कुरालाई ‘निर्णायक’ भनेका छन् । उत्साहित स्वरमा उनले उक्त नतिजा ‘धेरै राम्रो’ र ‘विश्वस्त’ भएको बताए । यो नतिजासँगै उनको प्रधानमन्त्री पद जोगिएको छ ।
सम्बन्धित








प्रतिक्रिया