सोमबार, पुष ७, २०८२

कृषि विकास बैंक र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबीच सम्झौता

नेपालखोज २०७९ जेठ २६ गते १४:२१

काठमाडौं । ‘तपाई हाम्रो घर आँगनको बैंक’ भत्रे नाराका साथ व्यवसाय वृद्धिमा अग्रसर रहेको कृषि विकास बैंक लिमिटेडले भरतपुर क्यान्सर अस्पतालमा सेवा विस्तार गरेको छ । देशकै नमुना क्यान्सर अस्पतालको रुपमा विकास भइरहेको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र कृृषि विकास बैंक लिमिटेडबीच बैंकिङ कारोबार गर्ने सम्झौता भएको हो ।

विगत ५ वर्ष देखि एक्स्टेन्सन काउन्टर सहित अस्पतालको आय संकलनको कार्य गरी रहेकामा हाल सम्झौताको म्याद समाप्त भएकाले पुन बैंकिङ कारोबारका लागि कृषि विकास बैंक लि., प्रदेश कार्यालय चिवतनका निर्देशक रधुनाथ न्यौपाने र क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. देज कुमार गौतमले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा क्यान्सर अस्पताल संचालक समिति अध्यक्ष डा. निर्मल लामिछाने, उप–निर्देशक डा. कृष्णकुमार शर्मा, पूर्वसञ्चालक डा. विनुमा श्रेष्ठ, वरिष्ठ लेखा अधिकृत पीताम्बर उपाध्याय, कानुन अधिकृत गोर्कण सापकोटालगायतको सहभागिता थियो । बैंकका तर्फबाट निर्देशक रघुनाथ न्यौपाने, कृषि बैंकिङ विभागका विभागीय प्रमुख चन्द्रसिंह थापालगायतको सहभागिता थियो ।

अस्पताल संचालक समितिका अध्यक्ष निर्मल लामिछानेले बैंकले अस्पतालको हाता भित्र सेवा प्रदान गर्नु भएकोमा धन्यवाद व्यक्त गर्दै नगद रहित सेवा प्रवाहको अपेक्षा समेत गरे । अस्पतालका डाइरेक्टर डा. देजकुमार गौतमले बैंकसँग सहकार्य गर्दा अस्पतालको साख वृद्धि हुने र सेवा प्रवाहमा सहजिकरण समेत हुने विचार राखे । कृषि विकास बैंक लि. प्रदेश कार्यालय विरेन्द्रनगरका निर्देशक रघुनाथ न्यौपानेले नगद जम्मा, नगद भुक्तानी, चेक माग, बैंक खाता खोल्ने लगायतका सेवाका अतिरिक्त अस्पतालका कर्मचारीहरूले प्रोफेशनल लोन, क्रेडिट कार्ड, विद्युतिय भुक्तानीका सेवा उपयोग गर्न अनुरोध गर्दै अव्बल सेवा प्रवाह गर्न बैंक सधै प्रतिवद्ध रहेको धारणा राखे ।

यस सम्झौता पश्चात बैंकको एक्सटेन्सन काउन्टरमार्फत सो क्षेत्रमा ग्राहकले नगद जम्मा, नगद भुक्तानी, चेक माग लगायतका सेवा प्राप्त गर्न सक्नेछन् भने अस्पतालका कर्मचारीहरूले निःशुल्क क्रेडिट कार्ड सेवा प्राप्त गर्न सक्नेछन् । कार्यक्रमको सञ्चालन अस्पतालका प्रशासन प्रमुख हृदयनारायण महतोले गरेका थिए भने अन्य सहजीकरण शाखा कार्यालय भरतपुरका प्रबन्धक दिनेशबाबु नेपालले गरेका थिए ।

प्रतिक्रिया