मोरङको गछियामा सिभिल बैंकको एक्सटेन्सन काउन्टर !

काठमाडौं । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडि बढिरहेको सिभिल बैंकले मोरङको सुन्दरहरैंचा ३, गछियामा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउन्टरको राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझीले उद्घाटन गरे ।
उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन समारोहमा प्रमुख अतिथि माननीय रमेशजंग रायमाझी, उद्योग संगठन मोरङका उपाध्यक्ष भोलेश्वर दुलाल, सिभिल बैंकका कायममुकायम प्रमुख सञ्चालन अधिकृत युवराज गुरागाईं, प्रदेश १ का प्रमुख राजेश ढकाललगायत सो क्षेत्रका राजनीतिक व्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य व्यक्ति, मिडियाकर्मी तथा सर्वसाधरणको उपस्थिति थियो ।
अब त्यस क्षेत्रका सेवाग्राहीहरुले बैंकको एक्सटेन्सन काउन्टरमार्फत आफ्नो सम्पूर्ण बैंकिङ कारोबार सजिलैसँग गर्न सक्नेछन् ।
सात लाखभन्दा बढी ग्राहकलाई ११५ शाखाहरुमार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकले यस एक्सटेन्सन काउन्टरसहित १२ एक्सटेन्सन काउन्टरहरु स्थापित गरिसकेको छ । साथै बैंकको हालसम्म ९७ एटीएम रहेका छन् । बैंकले हालसम्म करिब ९२ अर्ब रुपैयाँ निक्षेप परिचालन गरी ८७ रुपैयाँ अर्बभन्दा बढी कर्जा लगानी गरीसकेको छ ।








प्रतिक्रिया