ग्लोबल आईएमईको अत्याधुनिक नयाँ कर्पोरेट कार्यालय बन्दै

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले काठमाडौंको लाजिम्पाटस्थित उत्तरढोकामा रहेको आफ्नै जग्गामा अत्याधुनिक नयाँ कर्पोरेट कार्यालय भवन निर्माण गर्ने भएको छ ।
उक्त भवन निर्माण हेतु भवनको डिजाइज बनाउने सम्झौतासमेत गरेको छ । बैंकले नयाँ कर्पोरेट कार्यालय भवनको आर्किटेक्चुएल, मेकानिकल, विद्युतीय इन्जिनियरिङलगायत दिगो डिजाइजका लागि डिल्लीबजारस्थित आर्किप्लान एसबीटी प्रालिसँग सम्झौता गरेको छ । उक्त सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज वज्राचार्य र आर्किप्लान एसबीटीका प्रमुख आर्किटेक्ट सञ्जयबहादुर थापाबीच हस्ताक्षर भएको हो ।
ग्लोबल आईएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा बैंकको २८८ शाखा, २६० एटीएम, २७५ शाखारहित बैंकिङ सेवा, ५१ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८७५ सेवा केन्द्रबाट २९ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।








प्रतिक्रिया