युनाइटेड इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठले लिए शपथ
नेपालखोज
२०७९ जेठ २७ गते १७:१८

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडका अध्यक्ष रविभक्त श्रेष्ठले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
कम्पनीको यही जेठ २३ गते बसेको २८औं वार्षिक साधारणसभामा भएको निर्वाचनबाट सञ्चालक समितिमा निर्विरोध निर्वाचित भएका सदस्यहरूबाट सञ्चालक समितिको अध्यक्ष पदका लागि श्रेष्ठलाई चुनिएको थियो ।
बिमकको संस्थागत सुशासन निर्देशिका २०७५, को दफा ३ को उपदफा (४) बमोजिम यही जेठ २६ गते अध्यक्ष श्रेष्ठले बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालसमक्ष अनुसूची १ बमोजिमको ढाँचामा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।
सोपश्चात कम्पनीको केन्द्रीय कार्यालयमा बसेको सञ्चालक समितिको बैठकमा अन्य सञ्चालकहरूले अध्यक्ष श्रेष्ठसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेको कम्पनीले जानकारी दिएको छ ।
सम्बन्धित








प्रतिक्रिया