शनिबार, जेठ ४, २०८२

नेपालकै नमुना बन्यो ‘प्रिमियर इन्टरनेसनल स्कुल’

नेपालखोज २०७९ जेठ २९ गते १५:०४

ललितपुर । सातदोबाटो खुमलटार हाइटस्थित प्रिमियर इन्टरनेसनल स्कुल नेपालको पहिलो र एकमात्र पूर्ण अन्तर्राष्ट्रिय शिक्षाको आईबी कन्टिन्युम स्कुल बन्न सफल भएको छ । गत जेठ ८ गते IBDP कार्यक्रमका लागि International Baccalaureate (आईबी) बाट मान्यता प्राप्त गरेको प्रिमियर इन्टरनेशनल स्कुल पूर्णरुपमा IB Continuum School को रुपमा स्थापित भएको छ ।

आईबीले विश्वभरका १५९ भन्दा बढी देशहरूमा किन्डरगार्टनदेखि कक्षा १२ सम्मका विद्यार्थीका लागि प्राथमिक वर्ष कार्यक्रम (PYP), मध्यवर्ष कार्यक्रम (MYP) , डिप्लोमा कार्यक्रम (DP) र करियर सम्बन्धित कार्यक्रम (CP) गरी अन्तर्राष्ट्रिय शिक्षाका चार कार्यक्रम प्रदान गर्दै आएको छ ।

वर्षैभरि उच्चस्तरीय अन्तर्राष्ट्रिय शिक्षा प्रदान गर्दै चार मुख्य कार्यक्रममध्ये न्यूनतम तीन मुख्य कार्यक्रम कार्यान्वयन गर्ने विद्यालयलाई कन्टिन्युम विद्यालयका रुपमा चिनिन्छ । केजी देखि कक्षा ५ सम्मका विद्यार्थीहरूका लागि IB PYP कार्यक्रम प्रदान गर्ने प्रिमियर इन्टरनेशनल स्कुल नेपालको पहिलो क्ष्द्य वल्र्ड स्कुल हो ।

त्यसैगरी क्रमशः २०१४ र २०१७ मा स्विट्जरल्यान्डमा अवस्थित International Baccalaureate (IB)  बाट मान्यता प्राप्त भएपछि कक्षा ६ देखि कक्षा १० सम्मका विद्यार्थीहरूका लागि IB MYP कार्यक्रमहरु प्रदान गर्ने पनि प्रिमियर नेपालको पहिलो र एक मात्र विद्यालय हो । हाल यस विद्यालयले आईबीका प्राथमिक वर्ष कार्यक्रम (PYP) मध्य वर्ष कार्यक्रम (MYP) र डिप्लोमा कार्यक्रम (DP) गरी तीन मुख्य कार्यक्रमहरू प्रदान गर्दै पूर्ण आईबी कन्टिन्युम स्कुलको रुपमा स्थापित भएको छ ।

यसैगरी, १५० भन्दा बढी देशहरूमा मान्यता प्राप्त ११ औं र १२ औं कक्षाका विद्यार्थीहरूका लागि सबैभन्दा कठिन प्रि–यूनिभर्सिटी कार्यक्रमहरू मध्ये एक मानिने नयाँ IBDP कार्यक्रम पनि हाल प्रिमियर स्कुलले संचालनमा ल्याएको छ । तीन IB कार्यक्रमहरूले विद्यार्थीको सीपलाई अझ विकास गरी भविष्यका लागि तयार बनाउने विश्वास गरिएको छ । जसकारण विद्यार्थीहरु लिडरका रूपमा अघि बढ्दै विश्वभर जिम्मेवार नागरिकको पहिचान बोक्दै यविश्वमा योगदान पु र्या‍उन सक्षम हुने कलेजले विश्वास लिएको छ ।

प्रिमियरले आईबी कन्टिन्युम स्कुलको दर्जा पाएसँगै नेपालमा अन्तर्राष्ट्रिय शिक्षा चाहने अभिभावक तथा विद्यार्थीहरूका लागि एउटै विद्यालयको छत्रछायाँमा IB को सम्पूर्ण कार्यक्रमहरु उपलब्ध हुनेछन् । विद्यालय र नेपालको समग्र शिक्षा प्रणालीका लागि यो ठूलो उपलब्धि भएको दाबी गर्दै प्रिमियर इन्टरनेशनल स्कुलका संस्थापक पवित्रा लिम्बु भन्छिन्, “ प्रिमियर इन्टरनेसनल स्कुलले प्राप्त गरेको IB Continuum स्कुलको उपलब्धीसँगै नेपालमा अन्तर्राष्ट्रिय विद्यालय शिक्षाको क्षेत्रमा नयाँ आयामको थालनी भएको छ । ”

नेपालमा क्ष्द्य कार्यक्रम भित्राएर शैक्षिक क्षेत्रमा अग्रगामी सावित भएको प्रिमियर स्कुलमा IB Continuum स्कुलको आगमनले यसको उपलब्धिहरूको सूचीमा एक नयाँ आयाम थपेको छ ।

प्रतिक्रिया