आइतबार, पुष ६, २०८२

अमेरिका बन्दुक नियन्त्रण : सीमित सुरक्षात्मक उपायका लागि द्विपक्षीय सिनेटहरू सहमत

नेपालखोज २०७९ जेठ ३० गते ८:५५

काठमाडाैं । लगातारका गोलीकाण्डहरूपश्चात् अमेरिकी सिनेटरको द्विपक्षीय समूह बन्दुकको सुरक्षासम्बन्धी एउटा सम्भावित कानुनको ढाँचामा सहमत भएको छ ।

त्यसमा २१ वर्षमुनिका खरिदकर्ताको कडा जाँच गर्ने र अवैध बन्दुक खरिदलाई नियन्त्रण गर्न अनुमति दिने कुरा समावेश हुनेछ ।

प्रस्तावलाई १० जना रिपब्लिकनहरूले पनि समर्थन गरेका छन्। त्यसको अर्थ उक्त नयाँ कानुनको पक्षमा मतदान गर्नेको सङ्ख्या पुग्न सक्छ ।

राष्ट्रपति जो बाइडेनले आफ्नो योजना ‘सही दिशामा अघि बढेको’ तर आफूहरूले आह्वान गरेभन्दा धेरै कम समर्थन पाएको बताएका छन् ।

बन्दुकसम्बन्धी कानुनलाई कडा पार्ने अघिल्ला प्रयासहरूले कङ्ग्रेसमा आवश्यक समर्थन प्राप्त गर्न असफल भएका थिए । बीबीसी

प्रतिक्रिया