आइतबार, पुष ६, २०८२

एन्टार्कटिका हिमालमा माइक्रोप्लास्टिक भेटियाे, वैज्ञानिक चिन्तित

नेपालखोज २०७९ जेठ ३० गते ९:५२

काठमाडौं । वैज्ञानिकहरूले पहिलो पटक एन्टार्कटीकाको ताजा हिउँमा माइक्रोप्लास्टिक भनिने प्लास्टिकको सूक्ष्म कण फेला पारेका छन् । न्यूजील्यान्डस्थित युनिभर्सिटी अफ क्यान्टबरीका अध्ययनकर्ताहरूले एन्टार्कटीकाको रस आइल्यान्डबाट हालसालै संकलन गरेको हिउँमा प्लास्टिकको टुक्रा पाइएको बताएका हुन्।

माइक्रोप्लास्टिक प्लास्टिकजन्य सामग्री पातलिँदै गएर बन्छ र यो चामलको दानाभन्दा सानो हुन्छ। कतिपय अवस्थामा यो नाङ्गो आँखाले देख्न सकिँदैन । अध्ययनकर्ताहरूले पग्लिएको हिउँको प्रत्येक लिटरमा औसतमा २९ माइक्रोप्लास्टिक कणहरू फेला पारेका थिए । उनीहरूले प्लास्टिकका १३ वटा भिन्न प्रकारको पहिचान गरे जसमा ७९ प्रतिशत नमुनाहरूमा पेय पदार्थको बोतल अनि लुगाहरूमा प्रयोग हुने प्लास्टिक पाइएको थियो।

प्लास्टिक कहाँबाट आयो ?

‘वायुबाट प्रसार हुने यी माइक्रोप्लास्टिकका सम्भावित स्रोत स्थानीय वैज्ञानिक अनुसन्धान स्टेसनहरू हुन्,’ क्राइओस्फेर जर्नलमा अध्येता एलेक्स एभ्सले लेखेका छन् । ‘तर ती माइक्रोप्लास्टिकको उत्पत्ति ६,००० किलोमिटरसम्म टाढा भएको हुनसक्ने देखिन्छ।’ विगतमा गरिएका अध्ययनले त्यस्तो प्रदूषण एन्टार्कटीक समुद्रको बरफ अनि पानीको सतहमा फेला पारेका थिए।

तर ताजा हिउँमा प्लास्टिकका कण फेला परेको थाहा भएको यो नै पहिलो पटक हो । गत वर्ष प्रोसीडीङ्स अफ द न्याश्नल अक्याडेमीयामा प्रकाशित एउटा महत्त्वपूर्ण अध्ययनले माइक्रोप्लास्टिक विश्वभर फैलिरहेको उल्लेख गरेको छ।

त्यस्ता कण धूलो, हावा अनि समुद्रको छालले विभिन्न स्थानमा ओसार्ने गर्छ । सन् २०१० मा अध्येताहरूले सगरमाथाको चुचुरो नजिकै माइक्रोप्लास्टिक फेला पारेका थिए । माइक्रोप्लास्टिक समुद्रको गहिरो भागमा समेत फेला परेका छन् ।

यो किन चिन्ताजनक कुरो हो ?
प्रदूषणको यो स्वरूपको स्थानीय र व्यापक प्रभाव हुनसक्छ। ‘माइक्रोप्लास्टिकको सतहमा धातु र लेउजस्ता हानिकारक तत्त्व हुन सक्छ,’ क्यान्टबरी विश्वविद्यालयका एसोशिएटेड प्राध्यापक लोरा रेभीलले भने । विज्ञहरूका अनुसार मानिसहरूले हावा, पानी अनि खाद्य सामग्रीबाट माइक्रोप्लास्टिक निल्छन्।

यसको मानव स्वास्थ्यमा पर्ने प्रभावबारे धेरै अध्ययन भएको छैन्। तर हल योर्क मेडिकल स्कुल र हल विश्वविद्यालयले गत वर्ष गरेको एक अध्ययनले भने उच्च मात्रामा खाइएको माइक्रोप्लास्टिकले हानिकारक प्रभाव पार्न सक्ने देखाएको छ। त्यसमा कोष मृत हुने अनि एलर्जीजस्ता जोखिम पर्छन्। माइक्रोप्लास्टिकले विश्व तापमान पनि बढाएको हुनसक्छ । विश्वभरि हिउँले ढाकेको क्षेत्र, हिमशिखर तथा हिमनदी तीव्र गतिमा पग्लिरहेका छन् र वैज्ञानिकहरूले त्यसता स्थानमा अदीप्त माइक्रोप्लास्टिकले सूर्यको प्रकाश ग्रहण गरेर उक्त गति झन् तीव्र पार्न सक्ने बताएका छन्।

हिउँका सफा ढिक्का, बरफले ढाकेका क्षेत्रहरू अनि हिमनदीहरूले सूर्यको अधिकांश प्रकाशलाई प्रत्यावर्तन गर्न सक्छन् । तर इन्धन जल्दा उत्पन्न हुने कालो कार्बनजस्ता अन्य प्रदूषण कणहरूको थुप्रोले हिमालयमा हिमनदी पग्लने गति बढाएको पत्ता लागिसकेको छ। पाईँको यौन क्रियाकलापले कसरी जलवायु परिवर्तनमा प्रभाव पार्छ

विश्वभरि वायु प्रदूषणको अवस्था सोचिएकोभन्दा ‘खतरनाक’

विश्वका विभिन्न स्थानका हिमशिखरहरूमा तीव्र गतिमा पग्लिरहेको हिमनदी खतरा बन्दै गएका छन् जसले पहिरो, हिमपहिरो अनि हिमताल फुट्ने जस्ता जोखिम बढाएका छन् । तीव्र गतिमा हिमनदी पातलिनुले हिमाली क्षेत्रमा जलप्रवाह अनि कृषिजन्य गतिविधिमा पनि खतरा उत्पन्न गराएको वैज्ञानिकहरूले बताएका छन् । त्यस कारण अत्यन्त स्वच्छ अनि ग्रामीण भेगमा समेत माइक्रोप्लास्टिकको जोखिममा रहेको पुष्टि हुनु नराम्रो समाचार हो। -बीबीसी

प्रतिक्रिया