सोमबार, पुष ७, २०८२

ग्लोबल आईएमई बैंकद्वारा निःशुल्क महिला स्वास्थ्य शिविर

नेपालखोज २०७९ जेठ ३० गते १६:०९

काठमाडौं । ग्लोबल आईएमई बैंक स्वस्थ नारी पहल अभियानअन्तर्गत पश्चिम रुकुमको मुसीकोट नगरपालिका ७ स्थित साँख स्वास्थ्य चौकीमा निःशुल्क महिला स्वास्थ्य शिविरको आयोजना गरेको छ ।

उक्त स्वास्थ्य शिविरमा स्त्रीरोग विज्ञहरुले स्त्रीरोगसम्बन्धी विभिन्न सेवाहरु निःशुल्करुपमा उपलब्ध गराएका थिए । शिविरबाट एक सय ५० जनाभन्दा बढी महिला प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् ।

बैंकद्वारा आयोजित शिविर नेपाल परिवार नियोजन संघ दाङको प्राविधिक सहयोग र मुसीकोट नगरपालिका संघको साझेदारीमा सम्पन्न भएको थियो । ग्लोबल आईएमई बैंक लिमिटेडले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न समयमा यस्ता किसिमका कार्यक्रमहरुको आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया