सूर्या लाइफको वाग्मती प्रदेश स्तरीय बिजनेस बिल्डिङ सेमिनार

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले वाग्मती प्रदेशस्तरीय बिजनेस बिल्डिङ सेमिनार गरेको छ । करिब तीन सयभन्दा बढी अभिकर्ता सहभागी भएको कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले गरेका थिए ।
वाग्मती प्रदेश प्रमुख सुशील चापागाईंको सभपतित्वमा भएको कार्यक्रममा कम्पनीका वरिष्ठ सहायक महाप्रबन्धक नरोत्तम ढकाल, कामु सहायक महाप्रबन्धक मेघेन्द्रप्रकाश गिरी, ट्रेनिङ प्रमुख प्रमोद सापकोटालगायत पेसागत अभिकर्ता संघका अध्यक्ष रामबहादुर तामाङको सहभागिता थियो । कार्यक्रममा जीवन बिमाको अभिन्न अंगका रूपमा मानिने वाग्मती प्रदेशका अभिकर्ताहरूको सहभगिता थियो ।
कार्यक्रममा २०२३ को एमडिआरटीहरूलाई सम्मान गर्दै, चौथो त्रैमासिकको हालसम्म वाग्मती प्रदेशअन्तर्गत आफनो व्यक्तिगत कोडमा अधिकतम बिमाशुल्क हसिल गर्न सफल २५ अभिकर्तालाई सम्मान गरिएको थियो ।
साथै देशैभरिबाट वैशाख महिनाको स्किममा पर्न सफल अभिकर्ताबाट लक्की ड्र गरी तीन भाग्यशाली विजेताको घोषणा गरिएको थियो । लक्की ड्रमा भैरहवा शाखाबाट शोभा जीसीले प्रथम पुरस्कार ल्यापटप, दमक शाखाबाट नीतु गौतमले द्वितीय पुरस्कार ट्याब्लेट, वालिङ शाखाबाट रन्जिता बुढाथोकीले तृतीय पुरस्कार मोबाइल जित्न सफल भएका थिए ।
जीवन बिमा क्षेत्रमा अभिकर्ता पेसालाई थप प्रभावकारी, व्यावसायिक र मर्यादित बनाउने अभियान स्वरूप सूर्या लाइफले ‘मेरो पहिलो पोलिसी’ अभियान सुरु गरेको छ । जसअन्तर्गत, अभिकर्ताले हासिल गरेको आफ्नो पहिलो पोलिसी यादगार रहोस् भन्ने कामनासहित नयाँ अभिकर्तालाई सम्मान गरिएको थियो । कार्यक्रममा सबै विजेतालाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले सम्मान गर्नुका साथै प्रमाणपत्र, मायाको चिनो र पुरस्कार वितरण गरेका थिए ।
वाग्मती प्रदेश प्रमुख सुुशील चापागाईं, वरिष्ठ सहायक महाप्रबन्धक नरोत्तम ढकालले बिमा बजारको हालको अवस्था, चुनौती र समाधानका साथै मार्केटिङसम्बन्धि तलिमहरू दिएका थिए । प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले कुनै पनि व्यावसायमा सफल हुन निरन्तरता, धैर्यता र लगनशीलता ३ महत्त्वपूर्ण मन्त्र रहेको कुरा जानकारी गराए ।
कार्यक्रमबाट आफूले गरिरहेको भन्दा पृथक मार्केटिङ टेक्निक र ज्ञान हसिल गरेको र यसले आगामी दिनमा व्यवसाय वृद्धिका लागि थप ऊर्जा र उत्साह मिलेको कुरा त्यहाँ उपस्थित अभिकर्ताहरूले बताए ।









प्रतिक्रिया