सोमबार, पुष ७, २०८२

सेञ्चुरी बैंकका ग्राहकलाई अलफ्टमा १० प्रतिशतसम्मको छुट

नेपालखोज २०७९ जेठ ३१ गते २०:३२

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र अलफ्ट काठमाडौं, ठमेलबीच विभिन्न सेवा सुविधाहरुमा १० प्रतिशतसम्मको छुट प्रदान गर्ने गरी सम्झौता भएको छ ।

बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहकहरु, मोबाईल बैंकिङ प्रयोगकर्ताहरु, सम्पूर्ण ग्राहकवर्गहरु तथा बैंकका कर्मचारीहरुलाई अलफ्ट काठमाडाैं, ठमेलको नुक, डब्लुएक्सवाईजेड र रि फ्युल रेष्टुरेन्टमा १० प्रतिशत छुट प्रदान गर्ने गरी सम्झौता भएको हो ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख बजार अधिकृत अनुपमा श्रेष्ठ मानन्धर र एलोफट होटेल काठमाडाैंका तर्फबाट बजार प्रमूख पवनराज भण्डारीले हस्ताक्षर गरेका छन् ।

बैंकले देशभर एक सय ४४ वटा शाखा, १० वटा एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ र एक सय १५ वटा एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आएको जानकारी दिएको छ ।

प्रतिक्रिया